१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणार्थी प्रकरण: सोमबार पनि थुनछेक बहस हुँदै



२२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (सोमबार) पनि थुनछेक बसह हुने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको थियो।
हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो।
अदालतले थुनछेक बहसका लागि सरकारी वकिललाई ३ दिनको समय दिएको छ। यस्तै, प्रतिवादीका वकिललाई ६ दिनको समय छुट्याएको छ। आइतबार सरकारी पक्षबाट २ जना सरकारी वकिलले बहस गरेका छन्।
पूर्वउपप्रधानमन्त्री, नेकपा एमालेका नेता एवम् सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित प्रतिवादीका तर्फबाट करिब ३ दर्जन बढी वकिलले बहस गर्ने तयारी गरेका छन्। हालसम्म कांग्रेस नेता खाणको प्रतिरक्षामा सबैभन्दा धेरै कानुन व्यवसायी उत्रिने देखिएको छ।
खाणको पक्षमा २ जना पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवसहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने बताइएको छ।

थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा राख्ने भन्ने आदेश सुनाउनेछ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ४ : १५ बजे