१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘नाच्देऊ मैच्याङ’को रिमेक ल्याउँदै शम्भुजीत बासकोटा



२४ जेठ । २०३३ सालमा मीरा राणासँग शम्भुजीत बासकोटाले रेडियो नेपालमा गाएको ‘नाच्देऊ मैच्याङ’ गीतको नयाँ संस्करण आउने भएको छ । गीत रेकर्ड भएको ४७ वर्षपछि शम्भुजीतले यो गीतको रिमेक गरेका हुन् । तर यसमा मीरा राणाको ठाउँमा शम्भुजितसँग पाल्मु शेर्पाको स्वर सुन्न पाइनेछ ।
पछिल्लो समय मिडिया, सामाजिक सञ्जाल र रियालिटी शोमा कभर गीतको शैलीमा गीत गुञ्जिन थालेपछि आफूले गीत रिमेक गरेको उनले बताए ।
दर्शकले यो गीतलाई म्युजिक भिडियोको माध्यममा पनि हेर्न पाउनेछन् । हरि हुमागाईंको निर्देशनमा धमाधम भिडियो छायांकन भइरहेको छ । गीतमा पल शाह र छिरिङ शेर्पाले अभिनय गर्दैछन् । पलले सामाजिक सञ्जालबाट यो गीतबारे जानकारी गराएका छन् ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ११ : २२ बजे