१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जव अभिनेता दयाहाङ ड्याङ्ग्रो बजाएर नाचे अनि रमाए (तस्विरहरु)



२५ जेठ । राजधानीको सिटी सेन्टरको एक चलचित्र हलमा बुधबार अभिनेता दयाहाङ राई तामाङ युवकको भेषमा देखा परे । उनीसँगै तामाङ भुषभुसामै ड्याङ्ग्रो बजाउदै नाच्दै गाँउदै थिए ।


अभिनेता दयाहाङ र कलाकार बुङि तामाङ दुरुस्तै भेषभुसामा नाचे । ड्याङ्ग्रो बजाए नाचे । यो दृश्य चलचित्र निरफुलको प्रिमियर शोमा देखिएको हो ।


चलचित्रको प्रचारका क्रममा बुधबार साँझ कलाकार शुभेच्छुक, सञ्चारकर्मी र पत्रकारहरुमाझ चलचित्रको प्रिमियर गरिएको हो । कार्यक्रममा साहित्यकार उषा शेरचन, मनिषा गौचन सहभागी समेत थिए ।


पत्रकार फुलमान बलद्वारा निर्देशित चलचित्र निरफुल भुकम्पले नेपाली समाजमा पारेको प्रभावको विषयमा निर्माण गरिएको छ ।

चलचित्र निरफुलको प्रिमियरमा सहभागी कलाकारहरु तामाङ जातीको परम्परागत भेष भुसामा सहभागी थिए । कलाकार बुद्धि तामाङ र अभिनेता दयाहाङ राई तामाङ समुदायले टाउको लगाउने परम्परागत फेटा बाँधेर पुगेका थिए ।

     

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १ : ४० बजे