८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘निरफुल’ हेरेर कलाकार नै दंग



ललितखबर
२५ जेठ । राजधानीमा बुधबार ‘निरफुल’चलचित्रका कलाकार आफै चलचित्र हेरेपछि दंग परे ।
भुकम्पको कथामा बनेको चलचित्र कोरोनाका कारण हलमा लाग्न नपाउदा धेरै ढिला भयो । धेरै कलाकारहरुको मनस्थिती र परिस्थिती बदलिएका कारण आफैले हेरेको चलचित्र हेर्दा कलाकारहरु आफै दंग परे ।
२०७२ सालको महाभुकम्पको कथामा निर्माण भएको यस चलचित्र भुकम्पलगत्तै सुटिङ गरिएको थियो । ५ अघि खेलेको चलचित्र हेर्ने क्रममा आफूले धेरै कुरा विर्सेको अभिनेता दयाहाङ राईले बताए । उनले भने, ‘हेर्दा आनन्द मिल्यो ।’
चलचित्रमा पिङ्चावती बनेकी वाल कलाकार त्यस समयमा आफू सानो रहेको प्रतिकृया दिइन् । अहिले आएर सबै कलाकारहरुको अभिनय र कथा राम्रोसँग बुझ्न पाएको बताइन् । चलचित्र छायांकनको बेला कक्षा ५ मा पढ्ने उनी अहिले एसईई दिइसकेकी छिन् ।
चलचित्रका निर्देशक फुलमान बलले समाजका उपल्लो बर्गले चलचित्र मन पाएको तर्क गर्दै अव सबैले मन पराउने प्रतिकृया दिए ।
भुकम्प भोगेको पुस्तालाई पुरानो व्यथा सम्झाउन चलचित्र सहायक हुने बल तर्क गर्छन् । हामीले भुकम्पका दुःख भोगेको र अहिले आएर त्यो त्रासदीपूर्ण घटना सम्झदा हामीलाई अनौठो र सान्दर्भिक लाग्ने उनको भनाई छ ।
भुकम्प आएपछि विछोडमा परिवारको कथामा यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्र धादिङको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ । त्यसताका भत्केका घर त्रिपाल राखिएको शहर र चौरमा बसेका मान्छे चलचित्रमा देखाउदा नेपाली दर्शकले आफ्नो विगतका दुःख सम्झन्छन् ।चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय छ । चलचित्रमा म्यानमारका तत्कालीन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापाको विशेष भुमिका छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ५ : ०४ बजे