१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ आजबाट प्रर्दशनमा



२६ जेठ । आजबाट देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रर्दशनमा आएका छन् ।
२०७२ सालको महाभुकम्पले निम्त्याएको दुःख चलचित्र निरफूलमार्फत देखाइएको छ भने चलचित्र ‘वेलकम टू हेम्जाकोट’मा वर्तमान युवा पुस्ताले भोगिरहेको बेरोजगारी र वैदेशिक रोजगारीको पेरीफेरीको कथा छ ।
क्ेही समयअघिसम्म रंग पत्रकारिता गरेका डेव्यु निर्देशक फुलमान बलको चलचित्र १३ जना निर्माताले मिलेर निर्माण गरेका छन् । यस चलचित्रमा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जिम्मे छ्योइकी घिसिङलगायत कलाकारको अभिनय हेर्न सकिन्छ ।
भुकम्पको कथामा निर्माण भएको चलचित्र कोरोना माहामारीका कारण प्रर्दशनमा ढिलाई हुँदा झण्डै १० बर्षअघिको त्रासदी दर्शकलाई सम्झना गराउछ ।

सरोज पौडेलको लेखन तथा निर्देशन बनेको तलचित्र ‘वेलकम टू हेम्जाकोट’मा विनोद न्यौपाने, बुद्धि तामाङ, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, स्व. जयनन्द लामालगायतकलाकारहरुको अभिनय हेर्न पाइन्छ ।
पछिल्लो समय कोरोना र महाभुकम्पले नेपाली अर्थतन्त्रलाई असर पारेसँगै आर्थिक मन्दी कायम छ । आर्थिक मन्दीका कारण नेपाली चलचित्र चल्न सकेका छैनन् । राम्रा चलचित्र नबन्नु पनि कारण रहेको चलचित्र समिक्षकहरु ब्ताउने गरेका छन् ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : ०४ बजे