५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महाँकालमा गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा तीन जनामाथि खुकुरी प्रहार



२८ जेठ । ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको हो ।

महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट तीन वटा मोटरसाइकल समेत बरामद भएको छ। प्रहरीका अनुसार घटना सोमबार राति १० बजेतिरको हो।

महाँकाल गाउँपालिका ३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ। उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए।

बर्दिया मधुवन नगरपालिका २ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा घाइते भएका थिए। घाइते भएपछि प्रहरीले त्यही बेला उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो। त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पु¥याइएको थियो। अहिले उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ। त्यसयता प्रहरीले घटनामा संलग्न रहेकाहरूको खोजी गरी ९ जनालाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।