६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थाल ठटाउँदै माइतीघर मण्डलामा प्रदर्शन



२८ जेठ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरूले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा केही हप्तादेखि आन्दोलन गरिरहेका कर्मचारीहरूले आज आइतवार थाल, घन्टीलगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका छन् ।प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रको समस्या समाधान गर्न आवश्यक सङ्घीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ खोइ ?, श्रम शोषण बन्द गरलगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सेवा सुविधा बढाउने भनिए पनि बजेटमा त्यस कुरा नआएकोले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।