२९ जेठ । प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ । सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।
प्रतिक्रिया