१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘राजनीतिक सहभागिताको कारण महिलाहरुको क्षमता बृद्धि भएको छ’



सुशीला नेपाल
स्थायी समिटी सदस्य, नेकपा एमाले
पछिल्लो समय हामी पार्टीलाई झन् सशक्त बनाउन पार्टी संगठन सुदृढीकरण तथा विस्तार(ग्रासरुट अभियान)मा छौं । यो अभियानमा महिलाहरुलाई कसरी गोलबद्ध गर्दै लैजाने भन्ने विशेष ध्यान गएको छ । देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आएको पनि धेरै बर्ष भइसकेको छ । यो अवधिमा महिलाहरुमा पनि राम्रै किसिमको परिवर्तन आएको छ । २१ औं शताव्दीका महिला अव सक्षम भइसकेका छन् । अधिकार कर्तव्यसँगै राजनीतिक चेतनाको राम्रो विकाश भएको छ ।
हिजोको तुलना गर्दा महिलाहरुको चेतना,संगठित अवस्था र सक्रियता राम्रो हुँदै गएको छ । तर हुनु पर्ने जति चाही भएको छैन । पाएको अधिकारको रक्षा गर्दै हामी थप संर्घष गर्नुपर्ने अवस्था छ । अधिकारको लडाईमा महिला एकताबद्ध र संगठीत हुनु जरुरी छ ।
समाजमा अहिले पनि महिला दविएको अवस्थामा पनि भेटिन्छन् । महिला हिंसा,बलत्कारजस्ता घटना देखिएको छ । छोरीलाईं पढाएर समक्ष र सबल बनाउने सवालमा केही सुधार भए पनि उच्च शिक्षा दिएर आफ्नै खुट्टामा उभिने बनाउने क्रम बढेको देखिदैन । त्यसैले महिला अधिकारको लडाई अझैं लड्नु पर्ने अवस्था छ ।
महिलाको सवालका मुद्दा हामीले पार्टीभित्र संगठीत रुपमा उठाइरहेका छौं । पार्टीभन्दा बाहिर सामाजिक रुपमा पनि हामीले महिला अधिकारका विषयमा भूमिका खेलिरहेका छौं । पार्टी राजनीतिमा महिलालाई समेटेर अधिकारको रक्षा र राजनीतिक लाभका विषयमा हाम्रो चासो छ । शिक्षामा बराबरी र सामाजिक भूमिका र आरक्षणमा महिलाई प्राथमिकता दिन सके हिजो तल पारिएका महिलालाई माथि ल्याउन सझिलो हुन्छ । यसका लागि नेकपा एमालेले सधै अग्रणी भूमिका खेलेको छ । जनसंगठनको रुपमा महिलालाई अघि बढाउन अनेमसँग धेरै अगाडि छ ।
२०६२ ६३ पछिको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिमा महिलाहरुको सहभागिता उत्साहजनक रुपमा बढेको छ । हामीले अखिल नेपाल महिला संघको मार्फत महिलाहरुमा राजनीति चेतनासँगै एमालेमा गोलबद्ध गराईं रहेका छौं । पार्टी संगठनमा महिलाहरुले खेलेको भूमिकाका कारण नै राजनीतिक क्षेत्रमा अघि बढ्ने हो । प्रशिक्षित हुँदै जाने हो भने यो क्रम निरन्तर बढ्दो छ ।
यद्यपी समाजको एक तहमा महिलामाथि अझैं विभेद कायम छ । महिलाहरुमा राजनीतिक र सामाजिक चेतना नबढेसम्म यो निर्मुल गर्न कठीन छ । त्यसैले हामी गाँउ गाँउका महिलालाई संगठित बनाउन खटिएका छौं । अधिकारको लागि जागरुक बनाउन लागेका छौं ।
ललितपुरमा धेरै बर्षसम्म म एक्लै जिल्ला संगठनमा रहेर काम गरेको थिए । महिलाहरु अघि बढेको अवस्था थिएन । तर अहिले राजनीतिक संगठनमा महिलाहरुको हिजोको भन्दा आज आर्कषण बढेको देखिन्छ । आज त्यो अवस्था छैन ।
हामीले संविधानमा महिलालाई ३३ प्रतिशत आरक्षण दिनुपर्छ भनेर संघर्ष ग¥यौं । संविधानमा पनि लेख्न सफल भयौं । राजनीतिमा महिला नआई सामाजिक परिवर्तन नहुने देखेर हामीले त्यो संर्घष गरेका हौं । यो परिवर्तनसँगै महिलाको जीवन परिवर्तन भइरहेको छ । महिलाको परिवर्तनले समाजलाई द्रुत गतिमा परिवर्तन गर्न सधाउ पुगिरहेको छ । नेकपा एमालेले महिलाको अधिकारको सवालमा सधै अग्र पंक्तिमा रहेर काम गरिरहेको छ । बेलाबेलामा हामीले संगठित रुपमा सुझाव र दवाव दिएर सही बाटोमा अघि बढाउन सहयोग गरेका छौं ।
पार्टी संगठन सुदृढीकरण तथा विस्तार(ग्रासरुट) अभियानमा महिलाहरुको सक्रियता उत्साहजनक छ । म अभियानको क्रममा कागेश्वरी मनहरा र शंखरापुर क्षेत्र पुगेर काम गर्दा एमालेलाई माया गर्नेहरुको जमात धेरै राम्रो छ । महिलाहरुको पछिल्लो उपलव्धि र सहभागिताले चेतनास्तर बढेको छ । यही चेनताका कारण राजनीतिक सहभागिता बढेको देखिन्छ । हामीले महिलालाई राजनीतिक रुपमा अघि बढ्न प्रेरणा र संगठित बनाइरहेका छौं ।
पछिल्लो समय महिला अधिकार स्थापित गर्नु पर्नेमा सरकार पक्षमा रहेका राजनीतिक पार्टीहरुको गठबन्धन संविधानको धज्जी उडाएर अधि बढेको देखिन्छ । संबैधानिक पदहरुमा महिला र पुरुष हुनु पर्ने व्यवस्थालाई पुरुष पुरुष राखेर महिलाको अधिकार र स्वभिमानमा ठेस पु¥याइएको छ । स्थानीय निकायको प्रमुख र उपप्रमुख र जिल्ला समन्वय समितीहरुमा पनि गठबन्धनले संविधान र ऐन विपरित पुरुषहरुलाई ठाँउ दिएर अन्याय गरेको छ । यस्ता घटनाले हामीले अधिकार स्थापित गर्न अझैं लडाई लड्न बाँकी रहेको देखिएको छ ।
महिलालाई अधिकार दिने र अघि बढाउन एमाले सधै उदार छ । पार्टीले संविधान र त्यसको विपरित भएका यस्ता व्यवस्थाको विरोध गरेको छ । ३३ प्रतिशत आरक्षण दिने मुद्दा एमालेले नै अघि बढाएको हो ।
महिलाहरु संगठित नभई निक्रिय भएर बस्ने हो भने अधिकारहरु कुन्ठित हुँदै जान्छ । महिलाले सामाजिक, राजनीतिक अधिकारको लडाई लड्दै जाने हो भने भविश्य उज्जवल छ । हामीले धेरै उपलव्धिहरु पाएर समाज परिवर्तनमा योगदान दिन सक्छौं ।
मैले केही बर्षमै महिलाहरुको राजनीतिक चेतनास्तर बढेको देखेको छु । आज हिजोसम्म उपमेयरमा निर्वाचन लड्न हिचकिच्याउने महिले अहिले मेयरको दावी गरेर राजनीतिमा अघि बढेका छन् । आन्दोलनको अग्रपङ्तीमा महिलाहरु देखिन थालेका छन् ।
राजनीतिक पार्टीहरुको उच्च पद र संगठनमा नै महिलाहरुको सहभागिता कम भएकाले कतिपय ठाँउमा महिला कम भएको अनुभव हुन्छ । राजनितिक रुपमा महिलाहरुको सहभागिता सुनिश्चित भए पछि ति समस्या पनि हल भएर जान्छ ।
महिलाहरु राजनीतिक प्रतिश्पर्धा गर्न इच्छुक छन् । उनीहरुमा मेयर उपमेयरदेखि सासंद मन्त्रीसम्म बनेर काम गर्ने इच्छाशक्ति र आँट बढेको छ । मैले महिलामा पछिल्लो समय इच्छाशक्ति र हुटहुटी निकै बढेको देखेको छु । उनीहरुमा कामको अनुभव राजनीतिक सहभागिताको अवसरका कारण क्षमतामा पनि बृद्धि भएको छ । अवसरले महिलाहरुको क्षमताको विकाशमा सहयोग पुगेको छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ३ : ०३ बजे