९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मनासा सडकको ग्वार्को मनहरा खण्ड शिलान्यास



३० जेठ । महालक्ष्मी नगरपालिकाको जडिबुटी ग्वार्को खण्डको कर्मनासा करिडोरको गरिएको छ । नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ,उपमेयर लक्ष्मी महर्जनले मंगलबार कोरिडोरको शिलन्यास गरेका हुन् । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ग्वार्को पुलसँगै शिलन्यास गरिएको हो ।
करिडोर ग्वार्को हँुदै काठमाडौंको काटेश्वरस्थित मनहरा नदिसम्म पुग्छ । करिडोर निर्माण पछि महालक्षमी नगरको इमाडोल जान आउन सहज हुन्छ ।
कोरिडोर सडकका लागि ४ करोड विनियोजन भएकोमा १ करोड ९८ लाख रुपैयाँ ठेक्का लागेको बताइएको छ ।
करिडोर निर्माणसँगै महालक्ष्मीबासीलाई यात्रा गर्न सहज हुने मेयर श्रेष्ठले बताए । भने, ‘हामी महालक्ष्मी नगरलाई व्यवस्थित गर्न अहोरात्र खटिएका छौं । हामी विकाशको काममा ढिलाई गर्दैनौं ।’
पछिल्लो समय मयर महर्जनको पहलमा ग्वार्को हात्तिबन तर्फको सडक खुलाइएको छ । करिडोरको हात्तिवनस्थित खोला कव्जा गरेर लिटल एजल्स स्कूल सञ्चालन गरेकाले सडक अवरुद्ध छ ।
पछिल्लो समय हात्तिबनबाट धापाखेलतर्फ नदिको दुवै किनारमा करिडोर सडक निर्माण गरिएको छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  २ : ५३ बजे