१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बल्खुमा क्रेनको ठक्करपछि महिलाको मृत्यु



 

३० जेठ । काठमाडौंको बल्खुमा क्रेनको ठक्करपछि एक महलिाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ बल्खुमा लु.१ प ३९८५ नम्बरको हाईड्रो क्रेनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको थियो ।

क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ३ : १७ बजे