३० जेठ । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन्। नागरिकता माग गर्दै मोरङका २५ वर्षीय निरज कामतले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार ती युवकले शरीरमा आगो लगाउन भने पाएनन्। कामतले शरीरमा पेट्रोल खन्याएको थाहा पाएपछि प्रहरीले तत्काल उनलाई उद्धार गरेको हो।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ। सोही क्रममा आत्मदाहको प्रयास भएको हो।
प्रतिक्रिया