१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेता बर्षमान पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता



१ असार । वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित भएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।
सो अवसरमा उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्णरुपमा स्वस्थ भएर स्वदेश फर्केको बताएका थिए । वंशाणुगत जण्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्रीसमेत रहेका नेता पुन गत फागुन १ मा चीनको थर्ड पिपल्स अस्पताल गएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।