२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा १६ करोड लगानीमा १५ शय्याको बज्रबाराही अस्पताल निर्माण हुने



१ असार । ललितपुरमा १६ करोड लगानीमा १५ शय्याको बज्रबाराही चापागाउँ हस्पिटल भवन निर्माण हुने भएको छ। सार्वजनिक निर्माण कार्यन्वयन इकाइले शुक्रबार उक्त हस्पिटल निर्माणको ठेक्का लगाएको छ।
इकाइले यसको निर्माणको एमके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनीलाई १६ करोड १३ लाखमा जिम्मा लगाएको छ। निर्माण व्यवसायीले हस्पिटलको बिल्डिङ निर्माण गर्ने जिम्मा पाएको हो।

गोदावरी-१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव छ। आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधामा रहेको समस्या हटाउन निर्माण योजना बनाइएको हो। यसको निर्माण कार्य डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सर्त छ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।