९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण



१ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेनलाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणले स्पष्टीकरण सोधेको पत्रमा भनेको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’

म्यादभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानूनबमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले मेयर बालेनलाई सोधेको स्पष्टिकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : १५ बजे