२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपप्राध्यापक प्रेम चलाउने पक्राउ



४ असार । आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए।

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ।

उनीविरुद्ध दायर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको पेसी असार ५ गतेलाई थियो। सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको पत्र आइतबार काठमाडौं जिल्ला अदालत पुगेको थियो।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।