२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा पाँच तल्ले मन्दिरको जन्मदिन मनाइयो



४ असार । भक्तपुरकाे पाँततल्ले (ङातापोल) मन्दिरको सोमबार वर्षगाँठ मनाइएको छ। यसलाई स्थानीय नेपाल भाषामा ङातापोल देयया बुँंसदा अर्थात् पाँच तल्ले मन्दिरको जन्मदिन भनिन्छ। यस अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी देवीको पूजाआजा गरिएको छ। साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको छ। झण्डात्तोलन वर्षेनी असार शुक्ल प्रतिपदा अर्थात् जन्मदिनको दिन गरिन्छ।

मन्दिर तीन सय २१ वर्ष पुगेको अवसरमा वर्षगाँठ मनाइएको हो। तीन सय २० वर्ष पूरा गरी मन्दिर तीन सय २१ वर्षमा पुगेको हो। नेपाल संवत् आठ सय २२ मा राजा भूपतिन्द्र मल्लले असार शुक्ल पक्ष प्रतिपदाका दिन पहिलो वर्षगाँठ पूजा गरिएको इतिहास रहेको छ।

वर्षगाँठको अवसरमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरकै तुछिमला टोलका अवालहरु सलंग्न रहेका थिए। उनीहरुले मन्दिरको माथिल्लो तल्लाको गजुरमा पुगेर झण्डा हालेका थिए। मन्दिरको भित्रभित्र हुँदै उनीहरु मन्दिरको गजुरसम्म पुगेका थिए।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।