९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरको कोर एरियामा पर्यटकीय सटल बस



४ असार । ललितपुर महानगरपालिकाले पर्यटकलाई लक्षित गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।

महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन यी विद्युतीय बस पाटनको कोर क्षेत्रमा सञ्चालन हुने बताए । उनका अनुसार पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेलमा संचालन हुनेछ ।

उनले भने, ‘यो क्षेत्र अलि फराकिलो बनाउन सक्छौं ।’ उनले पर्यटकको बसाई लम्याउन बस सञ्चालन गरेको बताए ।

महानगरमा यो पर्यटक बस संचालन भएपछि ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६ वर्ष मुुनिका बालबालिका, क, ख वर्गका अपाङगता भएका,महानगरले जारी गरेको पास हुने यात्रुले निशुल्क यात्रा गर्न पाउने सम्झौतामा उल्लेख छ ।
महानगरका अनुसार यो बस १२ देखि १७ सिटको हुनेछ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ३६ बजे