२९ माघ २०८२, बुधबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपपछि सिद्धबाबालाई सचेत रहन चेतावनी



४ असार । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई सचेत रहन एक संगठनले चेतावनी दिइएको छ ।

ॐकार सेना नेपाल नाम गरेको संगठनले गिरीको सुनसरीको चतारा स्थित आश्रममा व्यानर टाँगेर गिरीलाई सचेत रहन चेतावनी दिएको हो । समग्र हिन्दुहरुको शिर निहुरिने काम गरेको भन्दै गिरीलाई होसियारी गराउदै उक्त संगठनले सार्वजनिक रुपमा कुनै पनि धार्मिक कार्यक्रम नगराउन र गराए जिम्मेवारी स्वयम आफैले लिन चेतावनी दिएको छ ।

ॐकार सेना नेपाल जिल्ला कार्य समिति सुनसरी लेखिएको उक्त व्यानरमा लेखिएको छ । ‘आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका तपाईं कृष्ण गिरीको कारणले हामी समग्र हिन्दुहरुको शिर निहुरेको छ ।
तपाईंले कुनै पनि प्रकारको धार्मिक कार्यक्रम सार्वजनिक रुपमा गर्ने नैतिकता गुमाउनु भएको हुदा त्यस्ता कार्यक्रम नगर्ने नगराउन चेतावनी दिएका छौँ ।’

आफ्नै अनुयायीलाई भगवाननको दर्शन गराउने भन्दै गिरीले चतारा स्थित आश्रममा बोलाएर बलात्कार गरेको मुद्दा परेपछि गिरीलाई पक्राउ गरिएको थियो ।
अदालतले उक्त करणी बलात्कार नभई सहमतिमा भएको ठहर गर्दै गिरीलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।