९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरीका मेयर गजेन्द्र महर्जनद्वारा आर्ट भिलेजलाई वन क्षेत्र भाडामा दिएको भन्दै अख्तियारमा उजुरी



स्थानीय सरकार सञ्चालन ऐन, २०७४मा सार्वजनिक तथा सामुदायिक सम्पतीको संरक्षण गर्नुपर्ने उल्येख छ । सोही ऐनको दफा ९७ को उपदफामा सार्वजनिक तथा सामुदायिक सम्पती बेचबिखन गर्न वा अरु कुनै व्याहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन नपाउने व्यवस्था गरेको भए पनि मेयर महर्जनले व्यापारिक समूहलाई वन क्षेत्र लिजमा दिएका हुन् । वन क्षेत्र केन्द्र सरकार अन्र्तगत डिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्र्तगत पर्दछ ।

 

ललितखबर
६ असार । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनविरुद्ध पदीय दुरुपयोग गरेर वन क्षेत्र व्यापारिक समूहलाई लिजमा दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
गोदावरी नागरिक सरोकार समूहले गोदावरी ९ बुरुञ्चुली काफल बोट फिसिङडाँडामा २ सय ५० रोपनी सार्वजनिक पाखा एवं वन क्षेत्र व्यापारिक प्रयोजनका लागि दिइएको भन्दै मंगलबार उजुरी दर्ता भएको हो ।
पछिल्लो समय यस ठाँउमा नेपाल आर्ट भिलेज नामको संस्थाले ६४ फिट अग्लो भैरवको मूर्ति निर्माण गरि विश्व रेकर्ड राख्ने भन्दै धमाधम संरचना निर्माण गरिरहेको छ । यहाँ भिलेजले हस्तकला प्रर्दशनीस्थल, भ्यूटावर रेष्टुराँ निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

निर्माणाधिन आर्ट भिलेज क्षेत्र ।

समूहले आवासिय र औधोगिक क्षेत्रलाई ज्यादा प्राथमिकता दिएर काम भइरहेको आरोप लगाउदै उजुरी दिएको हो । मेयर महर्जनले नगरपरिषदबाट निर्णय नगराई जग्गा भाडामा दिएको उजुरीमा उल्येख छ ।
अख्तियार श्रोतका अनुसार नम्बरको दर्ता सि ०७१५६६२÷२०८०१०३१०५ मा मेयर महर्जनले सार्वजनिक वन क्षेत्र अबैध दोहनमा संलग्न रहेको, पदीय मर्यादा विर्सेको आर्थिक लाभमा लोभिएको भन्दै उजुरी दर्ता गरिएको छ ।
उनीविरुद्ध शुष्म ढंगले अनुसन्धान गरि कारवाही गर्न र वन क्षेत्र बचाउन माग गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४मा सार्वजनिक तथा सामुदायिक सम्पतीको संरक्षण गर्नुपर्ने उल्येख छ । सोही ऐनको दफा ९७ को उपदफामा सार्वजनिक तथा सामुदायिक सम्पती बेचबिखन गर्न वा अरु कुनै व्याहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन नपाउने व्यवस्था गरेको भए पनि मेयर महर्जनले व्यापारिक समूहलाई वन क्षेत्र लिजमा दिएका हुन् । वन क्षेत्र केन्द्र सरकार अन्र्तगत डिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्र्तगत पर्दछ ।
मेयर महर्जन भने फिल्डमा सार्वजनिक जग्गा देखिए पनि त्यो बाँदर पनि लड्ने भीर रहेको ललितखबरसँग बताए। आर्ट भिलेजलाई नगरसभाले पारित गरेर लिजमा दिइएको र नीजि क्षेत्रले निर्माण गर्ने होटललगायतका संरचनालाई नगरपालिकाको गौरवको योजना रहेको दावी गरे ।


महर्जनविरुद्ध गत बैशाखमा गोदावरी १०को वन क्षेत्रमा झ्यालुण्टारमा बन्द गरिएको खानीको सामुदायिक बनको ढुंगा उत्खनन गरेर बिक्रि गरेको भन्दै गोदावरी नागरिक सरोकार समूहले उजुरी दिएको थियो । समूहले आफ्नो क्षेत्राधिकार नभएको बन क्षेत्रमा दिन दिनै ब्रेकर लगाएर ढुंगा निकालेर बेचेर करोडौं रकम अनियमित गरेको भन्दै कारबाही गर्न माग राख्दै उनीविरुद्ध बिहीबार उजुरी दिएपछि अख्तियार अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् । रंगशाला निर्माण गर्ने भन्दै ढुंगा निकालेर विक्रि गर्ने धन्दा चलाएर पछिल्लो समय वन क्षेत्र नष्ट गरिएको छ । उजुरी पछि बनमा ढुंगा निकाल्न रोकिएको छ ।
नगरपालिकामा पछिल्लो समय कानून विपरित जग्गा प्लटिङको काम भइरहेको छ । मेयर महर्जनको संरक्षणमा ठाँउ ठाँउमा अबैध जग्गा प्लटिङ गरिएको छ । मेयर महर्जनको संरक्षणमा धेरै ठाँउका सार्वजनिक जग्गा मिच्ने काम भएको भन्दै नगरपालिकामा विरोध भइरहेको छ । जग्गा प्लटिङको क्रममा राजकुलो मासिएको छ । तर मेयर महर्जनले सार्वजनिक जग्गा संरक्षणको साटो उल्टो व्यापारीको पक्षमा वकालत गरिरहेका छन् ।
उनले एक सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिकामा बस्न देशभरका मानिस चाहना राख्दै जग्गा खरिद गर्नु गर्वको कुरा भएको भन्दै अवैध प्लटिङको बचाउ गरेका थिए । गोदावरी नगरमा उनका निकटमा मानिस नै अबैध प्लटिङमा संलग्न रहेको र मेयर महर्जनले समेत लाभ लिने गरेको आरोप लगाउछन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ५४ बजे