१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


काठमाडौंको छाउनी र तारकेश्वरमा दिउँसै चोरी



६ असार । काठमाडौंको छाउनी र तारकेश्वरमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका १५ छाउनी चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ४ घर भएका रामचन्द्र थापाको कोठाबाट कोही नभएको अवस्थामा सुनका झुम्का तथा औठी र नगद ७० हजार रूपैयाँ गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका ४ बस्ने लोक बहादुर श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा विभिन्न सुनका गहना तथा नगद ५० हजार रूपैयाँ गरी करिब २ लाख ७२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : २३ बजे