१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश



७ असार । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिनेबारे मन्त्रिपरिषद्ले गएको मङ्गलवार गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यस्तै सर्वोच्चले प्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेेहरूविरुद्धको मुद्दा फिर्ता लिनुको कारण देखाउन सरकारलाई आदेशसमेत जारी गरेको छ ।

आफूलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट दायर गरेका थिए । चलाउनेलाई २०७७ सालको असोज २० गते कांग्रेस भ्रातृ सङ्गठन नेविसङ्घका त्रिवि इकाइ अध्यक्ष हरि आचार्य नेतृत्वको समूहले आक्रमण गरी घाइते बनाएका थिए । आचार्यसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि अस्ति मङ्गलवार पेसी तोकिएकोमा त्यसअघि नै आइतवार सरकारले नेविसङ्घका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ११ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।