२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ



१२ असार । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) को टोलीले नक्सालस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो। २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिका नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छाडिएको थियो।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित छन्। यसअघि उनी फरारको सूचीमा थिए।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।