२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


देउराली बचत तथा ऋण सहकारीको फाइल सीआईबीमा



१३ असार । देउराली बचत तथा ऋण सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता भएको छ । बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको देउराली सहकारीबारे सीआईबीले अनुसन्धान गर्ने भएको हो ।
बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर पैसा संकलन गरेको सहकारीले गत असार १ गते सूचना टाँसेर कारोबार बन्द गरेको थियो । त्यसअघि बचतकर्तालाई २५ हजार रुपैयाँमात्र बचत फिर्ता गरेको सहकारीले एकाएक सूचना टाँसेर कारोबार बन्द गरेको थियो ।
सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ ।
सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर दिने प्रतिबद्धता जनाएपछि लगानीकर्ताले केही समय धैर्य गरेका थिए । तर, लामो समयसम्म पैसा दिन नसकेपछि संस्थाले पैसाको सट्टा जग्गा फिर्ता गर्न थाल्यो ।

सहकारीले कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्डर्स एन्ड कन्सल्ट्यान्सको नाममा नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास पनि गरिदियो ।

ठूला बचतकर्तालाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहवरमा बचत सुरक्षणबापत चेक हस्तान्तरण गरिएको थियो भने साना बचतकर्तालाई आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता गरिएको थियो ।

सहकारीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण सदस्यलाई संयमित हुन, सहयोगी बनिदिन, उजुरीबाजुरी तथा चेक बाउन्स नगर्न, काम गर्न असहज नबनाइदिन तथा कर्मचारीलाई तनाव सिर्जना गरिदिने काम नगर्न आग्रह गरेको थियो । तर, लामो समयसम्म कुर्दा पनि बचत रकम फिर्ता नपाएपछि सहकारी विभागले अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएको हो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।