१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको स्वयम्भूमा करेन्ट लागेर एक मजदुरको मृत्यु




१४ असार । काठमाडौंको स्वयम्भू भगवानपाउमा निर्माणाधिन घरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ भगवानपाउस्थित निर्माणाधीन भवनमा करेन्ट लागेर काठमाडौं कोटेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साघागढी नगरपालिका १२ घर भएका २२ वर्षीय समिर पराजुलीको मंगलबार साँझ मृत्यु भएको हो । निर्माणाधीन भवनमा जोडेको विद्युतको तार छुटाउने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनको बिरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी श्रोतको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १ : १२ बजे