८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको इच्छुमती सफाइ सुरु



१५ असार । काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती (टुकुचा) नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो ।

सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चार÷चार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडासदस्य वीरेन्द्र महर्जनले जानकारी दिएका छन् । उनका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती सफाइका लागि रू १० लाख बजेट विनियोजन गरिएको छ ।

वडाले स्काभेटर लगाएर नदी सफाइ गर्नुका साथै नदी वरपरका रुख र बिरुवाले नदी छोप्न लागेकामा त्यसलाई काटेर सफा गरिएको वडासदस्य मनिष तण्डुकारले बताए । यस क्षेत्रमा पद्मकन्या क्याम्पस, शङ्करदेव क्याम्पस, समाज कल्याण परिषद्ले नदीको मापदण्ड मिचेर संरचना बनाएको वडा कार्यालयले जनाएको छ ।

इच्छुमती नदीको मापदण्ड पालनाका लागि महानगरसभामा पनि कुरा उठाउने वडाध्यक्ष भाइराम खड्गीले बताए । महानगरीय प्रहरी लगाएर भए पनि मापदण्ड कायम गराउन लागिपर्ने उनको प्रतिबद्धता छ । उच्च अदालत पाटनले इच्छुमतीलाई नदी नै हो भनी निर्णय गरेपछि यसको सफाइसँगै मापदण्ड पालना गराउन सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ०४ बजे