५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सरकारले आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई भवन बनाउन १३ रोपनी जग्गा उपलब्ध गराउने



१५ असार । सरकारले ललितपुरको जिल्ला आयुर्वेदन स्वास्थ्य केन्द्रलाई अस्पताल भवन निर्माणका लागि १३ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।

असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको हो।
‘ललितपुर जिल्ला साविक झरुवारासी गाविसको ९ रोपनी ५ आना सरकारी जग्गा र ४ रोपनी १ आना सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।