२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर कर्मचारी कुटपिट घटनाः साधारण तारेखमा छुटे अधिवक्ता लामिछाने



१७ असार । जिल्ला अदालत, ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् ।
बुधबार नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच अदालतभित्रै झगडा भएको थियो ।
आफैं कागजात पल्टाई हेर्न थालेको र आफूले मिसिल नहेर्नुस्, आवश्यक भए नक्कल सारी हेर्नुस् भन्दा गालीगलौज गर्दै हातपात गरेको तामाङको दाबी छ ।

लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा नासु तामाङले घुस मागेको र इन्कार गर्दा जथाभावी बोलेर हातपात गर्न थालेको दाबी गरेका थिए ।

बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै परेपछि प्रहरीले अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लियो । उनलाई कारबाहीको माग गर्दै अदालतका कर्मचारी ट्रेड युनियनले आइतबार १ बजेसम्म कलम बन्द गरे, त्यसको प्रतिवादमा कानुन व्यवसायीले १ बजेपछि बहस नगर्दा कतिपय अदालतमा सुनुवाइ प्रभावित भएको थियो ।

नेपाल बार एशोसिएसनले सोमबार बन्द प्रत्यक्षीकरणको निवेदन बाहेकका अरु मुद्दामा बहस नगर्ने घोषणा गरेको छ ।

विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछाने आइतबार रिहा गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।