८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर अदालत घटना: दोस्रो दिन पनि कानून व्यवसायी आन्दोलित



१८ असार । जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीच विवादपछि भएको हातहाल हालको घटनालाई लिएर कानुन व्यवसायीले आन्दोलन गरेका हुन्।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए।

आइतबार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सोमवार बहस पैरवी नगर्ने घोषणा गरेको थियो।

त्यहीअनुसार आज उनीहरुले आन्दोलन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बोल्दै कानून व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको झुटो भएकाले खारेज हुनुपर्ने माग राखे।

उनले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरुको तत्काल सरुवा हुनुपर्ने बताए।

आन्दोलनका क्रममा बोल्दै अर्का कानुन व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानुन व्यवसायीमाथि लागेको मुद्दा रहेको बताए।

उनले सिसिटिभी फुटेज कसरी छैन भन्नेबारे तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ४४ बजे