१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनले भने, ‘काठमाडौं महानगरमा काँग्रेस पार्टीको भातृ संगठन नभएको घोषणा गर्दछौं’



१९ असार । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्र नेपाली काँग्रेस पार्टिको कुनै भातृ संगठन नभएको घोषणा गर्दर्छौं भन्दै व्यङ्य गरेका छन् ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा , काँग्रेस कार्यकर्तालाई झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर बोलेको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बोलेको कुरा , पुरा गर्नुहोला माननीय ज्यु’
यस्तो छ मेयर बालेनको स्टाटस :

माननीय गगन थापाज्यु, दलको हिजो एक कार्यक्रममा, झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नू भयो , नेपाली काङ्ग्रेसको महामन्त्री ज्युले नै भने पछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यलय , सबै तिर काङ्रेस पार्टीको कुनै पनि भात्री सँगठन नभएको घोसणा गर्दछौँ ।
बोलेको कुरा , पुरा गर्नुहोला माननीय ज्यु ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ३७ बजे