२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ग्वार्कोमा ९ लाख बढी चोरी गर्ने गिरोह पक्राउ



२१ असार । सार्वजनिक यातायातको साधन (बस)मा सवार यात्रुको रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयबाट खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ घर भइ हाल भक्तपुरको ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्साको ठोरी गाउँपालिका–५ घर भइ काठमाडौंको दक्षिणकाली–५ फर्पिङ बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भइ ललितपुरको इमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र ललितपुरको ग्वार्को बस्ने ५८ वर्षीय लक्ष्मी श्रेष्ठ छन्।
प्रहरीका अनुसार असार १९ गते (मंगलबार) सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीको झोलाबाट ललितपुरको ग्वार्कोमा ७ हजार ४७ अमेरिकी डलर (९ लाख २३ हजार १५७ रुपैयाँ) चोरी भएको थियो।

उनीहरुले अमेरिकी डलर चोरी गरेर नेपाली रुपैयाँमा सटही समेत गरिसकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। डलर सटही गरेको आरोपमा प्रहरीले ५८ वर्षीया लक्ष्मी श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।