१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनको गम्भिर आरोप, ‘भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?’



 

२१ असार । काठमाडौं महानगरका मेयर बालेन शाहले सासंदहरु प्रति गम्भिर आरोप लगाउदै दिल्लीको आदेश मान्ने सासंद भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
उनले भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? भन्दै प्रश्न गरेका छन् ।
उनले देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।’
सवोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउदै मेयर बालेनले ‘म मात्र अदालतको अवहेलनामा ? भन्दै सबैजना मरेका लाशहरु हुन् ?’
इस्तो छ उनको स्टाटस ः

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ५ : ०६ बजे