१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौ महानगरले ढुसी र किरा परेको खानेकुरा बेचेको भन्दै तिरायो रु एक लाख ५० हजार जरिवाना



 

महानगर २ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार जरिवाना गरिएको

 

२४ असार । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ ।

महानगर २ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार जरिवाना गरिएको महानगरको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ ।

 

पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ

 

कारबाही स्वरुपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैङ्क भौचर दोस्रो प्रति महानगरमा पेस गर्न आदेशसमेत गरिएको छ ।

तोकिएको समयभित्र जरिवाना स्वरुपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ ।

सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई रु ५० हजार जरिवाना

यसैबीच आज नै कामपाले वडा नं ६ बौद्धस्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि रु ५० हजार जरिवाना तिराएको छ ।

पछिल्लो समय महानरले आफ्नो अधिकार क्षेत्रभित्रमा स्थानमा जथाभावी फोहर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको छ । सोही अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराएको हो ।

चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्दै आएको कामपाले पछिल्लो समय बजार व्यवस्थापन गर्नका लागि नियमित रुपमा अनुगमन गरिरहेको छ । महानगरले आगामी वर्षका लागि व्यक्तिगत तथा संस्थागत भान्सालाई स्वास्थ्यकर बनाइराख्न आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । कामपाले समग्र स्वास्थ्यको क्षेत्रका लागि भने करिब रु ९७ करोड विनियोजन गरेको छ ।

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ४३ बजे