७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड



पशुपति क्षेत्रमा पूजा, आराधना एवं दर्शनका लागि हजारौँ भक्तजन लामबद्ध छन्
२५ असार । चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
यसवर्ष अधिकमास परेकाले भक्तजनको  चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो ।
साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको  पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन् ।
अहिले पनि पशुपति क्षेत्रमा पूजा, आराधना एवं दर्शनका लागि हजारौँ भक्तजन लामबद्ध छन् ।
पशुपतिसँगै देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । शिवालयमा विशेषगरी साउने सोमबारको व्रत लिने महिलाको भीड लागेको छ ।
राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौरमासअनुसार साउन १ गते सोमबार मात्र अधिकमास नपर्ने सोमबार रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।