७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यका सबैभन्दा बढी मूल्यवृद्धि



२५ असार । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । यसको प्रभाव भूगोलगत रुपमा हेर्दा काठमाडौं उपत्यका सबैभन्दा बढी मूल्यवृद्धिको चापमा देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१९ प्रतिशत देखिन्छ । जेठ मसान्तसम्म तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशतको मुद्रास्फीति रहेको छ । गत वर्षको यही अवधिमा भने काठमाडौंमा ८.३२, तराईमा ८.२९, पहाडमा ९.२८ र हिमालमा ९.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : ५५ बजे