१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको धर्मस्थलीमा वृक्षारोपण



२६ असार । तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका ६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।
हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ । साथै वडा नं १ देखि ११ सम्म वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिएका छन् ।
तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डिकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले भने, “वृक्षारोपण अभियान सरकारको हो । यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको छ ।”
जनप्रतिनिधिहरुले वृक्षारोपण गर्ने उद्देश्यले फलफूलसहितका पाचँ हजार बिरुवा ल्याइसक्नुभएको र ११ वटै वडामा वृक्षारोपण गरिने उनको भनाइ छ । विरुवाका लागि काठमाडौँ जिल्ला सम्वन्य समिति र जेभी फाउन्डेसनले सहयोग गरेको हो ।
आजको वृक्षारोपण कार्यक्रममा नगरका जनप्रतिनिधि वडा अध्यक्ष कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ११ बजे