७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही



२६ असार । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रा व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ’ पाण्डेको भनाइ छ ।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ५० बजे