२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती



२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । दाहालको बुधबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए ।

बुधबार नै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्‌को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।