५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बालिका बलात्कार प्रकरणः आरोपित व्यक्ति जेल चलान



२९ असार । ठमेलको चर्चित रात्रि क्लब एलओडीमा मदिराले मातेकी किशोरीलाई आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति जेल चलान भएका छन्। जेल चलान हुनेमा कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला छन्। जिल्ला अदालत ललितपुरको आदेशपछि कोइराला जेल चलान भएका हुन्।
गत जेठ ३१ गते कोइरालाले एलओडीमा मदिराले मातेकी एक १५ वर्षीया किशोरीलाई सानेपास्थित आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए।

सामाजिक सञ्जालमार्फत चिनजान भएका साथीमार्फत किशोरी एलओडी क्लब पुगेकी थिइन्। एलओडीमा मदिराले मातेपछि कोइरालाले ती किशोरीलाई आफ्नो गाडीमा हालेर कोठामा लगेर बलात्कार गरेका थिए।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।