२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमै बाबुले छोरी बलात्कार गरेको आरोप, अदालतमा मुद्दा दर्ता



२ साउन । काठमाडौंमै बाबुले छोरी बलात्कार गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता परेको छ ।

प्रहरीले बलात्कारको आरोप लागेका बाबुलाई पक्राउ गरी मुद्दा चलाएको हो । बाबुविरुद्ध हाडनाता करणीमा मुद्दामा दर्ता भएको हो। काठमाडौंको बालाजु क्षेत्रमा बस्ने एक बाबुले छोरी बलात्कार गरेका प्रहरीले जनाएको छ। उनले आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

श्रीमान–श्रीमती छ्ट्टा छुट्टै बस्दै आएकोमा उनीहरुका एक छोरा र एक छोरी बाबुसँग बस्दै आएका थिए। आफूसँगै बस्दै आएकी १३ वर्षीया छोरीलाई बाबुले घरमै बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। घटना गत जेठ अन्तिम साताको हो।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।