२ साउन । काठमाडौँ महानगरपालिका ‘स्विस टुटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ। यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्विजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट हो।
छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छ, ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको छ। यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्ठतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ।’
काठमाडौँको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त-अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको पत्रमा उल्लेख गरिएको छ, ‘यसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाउँछ।’
यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ। अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन्। आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ।
प्रतिक्रिया