३ साउन । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घलेको सेवा सदनमाथि डाेजर चलाएकाे छ । नगरपालिकाकाे टोलीले काठमाडौंको अनामनगरमा रहेकाे देवीनगर पुगेर सदन खाली गराउँदै छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेकाे भन्दै महानगरले भवनले खाली गराउन लागेकाे छ । महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न काठमाडाैं महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनलाई समय ताेकेकाे थियो। सेवा सदनमा रहेका सामानहरू हटाएर भवन खाली गराएपछि मात्र उक्त स्थानमा डोजर चलाइएकाे हाे ।
५ रोपनी १२ आनामा रहेकाे सदनमार्फत बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायतका संस्था सञ्चालनमा रहेका छन् । सेवा सदनका अनुसार भवन भएकाे उक्त जग्गा सार्वजनिक नभएर नापीमा छुटेको जग्गा रहेकाे छ ।
३ श्रावण २०८०, बुधबार
114
Shares
प्रतिक्रिया