४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमै बहस



शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने

५ साउन । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ । आज नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको हो ।

संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवं नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुसी यमी भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताइन् । उनले शिक्षा ऐन तत्काल जारी गरि शिक्षा क्षेत्रको बेतिथी अन्त्य गर्न सरकार संग माग गरिन् । उनले बिश्वबिद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकोले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको बताइन् ।

त्यसैगरी विवेकशिल पार्टीको उपाध्यक्ष रन्जु दर्शनाले शिक्षा ऐन गर्न पुरानो राजनीतिक दल तयार नभएको बताइन् । पुरानो दलको नेताहरुको लगानी शैक्षिक क्षेत्रमा रहेकोले उनीहरु शिक्षा ऐन ल्याउन पहल नगरेको प्रष्ट रहेकोे धारणा राखिन् ।

शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो संग्रामले जानकारी दिए ।

कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियन अध्यक्ष नेत्र चापागाईं, अखिल (क्रान्तिकारी)को संयोजक पवन कार्कीले शिक्षा ऐन बिषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।