४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकासहित यी २५ जिल्लाका नदीमा बाढी आउने सम्भावना



५ साउन । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार आज काठमाडौं, ललितपुर, भक्तपुरलगायत २५ भन्दा बढी जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना देखिएको हो।

ती जिल्ला र आसपास भई बहने नदी/खोलाले प्रभाव पर्ने क्षेत्रका बासिन्दाले बाढीबाट हुनसक्ने जोखिम र क्षतिबाट बच्न महाशाखाले सल्लाह दिएको हो।

महाशाखाले भनेको छ– ‘आज अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा दार्चुला र बासपास भट्ट बहने केही स(साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाइराखौँ।’

यस्तै आज सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्वत, गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही ससाना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।