२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट



७ साउन । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुटेर फरार भएका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई छन्।
चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए।
शाहलाई कुटेर फरार भएका राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए। पक्राउ परेका राईलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।