१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नख्खुमा अनुहारको विकृतिसम्बन्धी समस्याको निःशुल्क उपचार गर्न अस्पताल बन्दै



७ साउन । ललितपुरको नख्खुमा अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्याको निःशुल्क उपचार गर्ने अस्पताल स्थापना हुने भएको छ । विश्वविख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा ‘द फेस हस्पिटल’ स्थापना हुन लागेको हो । खुँडोपना तथा अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्या भएका नेपाली नागरिकहरुले निःशुल्क उपचार पाउने भनिएको यो अस्पतालको शनिबार शिलान्यास गरिएको छ ।

डेढ वर्ष भित्र निर्माण सम्पन्न गरी सेवा दिने योजना रहेको नेपालका क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहले जानकारी दिए । उनकै पहलमा नेपालमा ‘द फेस हस्पिटल’ स्थापना हुन लागेको हो ।
डा. सिंहले नख्खुमा शिलान्यास भएको अस्पताल करिब डेढ वर्षभित्र सञ्चालनमा आउने र बसुन्धारास्थित केडीसी जनरल अस्पतालको सहकार्यमा भने केही दिन भित्रैबाट सेवा दिन सुरु गर्ने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ३४ बजे