२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती प्रदेशमा गाडी भाडा ३.२० प्रतिशतसम्म घट्ने



८ साउन । बागमती प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा घट्ने भएको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यतायातको भाडा समायोजन प्रस्ताव मुख्यमन्त्री कार्यालयमा पठाउन लागेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए।
मुख्यमन्त्री कार्यालयबाट प्रस्ताव स्वीकृत भएपछि नयाँ भाडा दर राजपत्रमा प्रकाशित हुनेछ ।

गाडी भाडा २.३० प्रतिशतदेखि ३.२० प्रतिशतसम्म घटाउने प्रस्ताव गरिएको उनले जानकारी दिए। अरू गाडीको भाडा घटे पनि ट्याक्सीको भने तत्काल कुनै निणर्य भएको छैन।

ट्याक्सी भाडा समायोजन गर्न सरोकारवाला निकाय, व्यवसायीसँग छलफल गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।