६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन तस्करी प्रकरणः सोह्रखुट्टे र कमलपोखरी गोदाममा राजस्वको छापा



१० साउन । हङकङबाट सुन तस्करी गर्ने कम्पनी रेडी ट्रेडको काठमाडौं सोह्रखुट्टेस्थित गोदाममा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । बुधबार विभागको टोलीले गोदाममा छापा मारेर ठूलो परिमाणमा ब्रेक शु बरामद गरेको छ ।
गत बुधबार रेडी ट्रेडको नाममा हङकङबाट आएको कार्गोमा मोटरसाइकलको ब्रेक शुमा राखेर ल्याइएको एक क्वीन्टल सुन भेटिएको थियो ।
साउन २ गतेअघि विभिन्न मितिमा उक्त कम्पनीले आयात गरेको ठूलो परिमाणको ब्रेक शु बरामद भएको हो । उक्त ब्रेक शु परीक्षणका लागि विभागले लगेको छ ।
यसैबीच राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ। अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा बुधबार राजस्वले छापा मारेको हो। विभागका एक अधिकारीका अनुसार आज उनको घरमा छापा मारी केही सामान जफत समेत गरेको जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।