७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एक लाख रुपैयाँ घुससहित बुढानिलकण्ठबाट प्रहरीका वरिष्ठ हवल्दार नियन्त्रणमा



१० साउन । एक लाख रुपैयाँ घुससहित एक जना प्रहरीका वरिष्ठ हवल्दार पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी प्रभाव बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई घुससहित नियन्त्रणमा लिएको हो।
उनले कुख्रे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न सेवा ग्राहीबाट घुस मागेका थिए। उनलाई अख्तियारको टंगालबाट खटिएको टोलीले बुढानिलकण्ठ–२ वासिकबाट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। उनीविरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।