९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा



१४ साउन । एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ। नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे हो।

पुरी ०५२ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए। उनले ०७९ असार मसान्तसम्म एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।